मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङ्कालाई

शुक्रबार, २० फागुन २०७३, १७ : ०२
शुक्रबार, २० फागुन २०७३

कोलोम्बो - सर्वाधिक लोकप्रिय पर्यटन गन्तव्यको पुरस्कार श्रीलङकाले जित्न सफल भएको श्रीलङ्काली विदेश मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ । दक्षिणी चीनको गुआन्न्झोउ अन्तर्राष्ट्रिय यात्रा मेला (जिआइटिएफ)मा श्रीलङ्का सर्वाधिक लोकप्रिय गन्तव्यको रुपमा पुरस्कृत भएको जारी विज्ञप्तिमा जनाइएको छ । मेलामा सहभागी देशमध्ये श्रीलङ्काको लोकप्रियता बढ्दै गएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०१४ मा श्रीलङकाका लागि सबै भन्दा धेरै पर्यटकको श्रोत चीन नै भएको थियो । यस पटकको पर्यटन मेलामा श्रीलङकाका १९ ओटा ट्राभल्स एण्ड टुर एजेन्सीहरु सहभागी भएका थिए । मेलामा श्रीलङकाको मौलिक नृत्यले धेरैको ध्यान खिचेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप