सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आमा सुरक्षा कार्यक्रमको १२ वर्षे यात्रा : वर्षेनी अढाई लाख गर्भवती महिला घरमै सुत्केरी

बिहीबार, २५ माघ २०७४, १७ : ४४
बिहीबार, २५ माघ २०७४

काठमाडौ–सरकारले गर्भवती महिलालाई लक्षित गर्दे ल्याएको ‘आमा सुरक्षा’ कार्यक्रम १२ वर्ष भयो । आमा सुरक्षा कार्यक्रमले दशक नाघिसक्दासम्म पनि नेपालका सबै गर्भवती महिलाले यो सेवा नपाएको सरकारी तथ्याङ्कले नै देखाएको छ । 

सरकारी तथ्याङलाई हेर्दा अहिलेसम्म यो कार्यक्रमबाट ६० प्रतिशत गर्भवती महिलाले सेवा पाएका छन् । अनुमानित तथ्याङ्कअनुसार ६ देखि ७ लाख महिला गर्भवती हुने गरेपनि त्यसको आधाले मात्रै सेवा पाएका हुन् । 
स्वास्थ्य महाशाखाका सूचना अधिकारी शरद कुमार शर्माका अनुसार आमा सुरक्षा कार्यक्रम ७७ वटै जिल्लामा संचालन छ । 

४३ प्रतिशत महिला घरमै हुन्छन् सुत्केरी
 

सरकारी तथ्याङ्क अनुसार नेपालमा ५७ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्था पुगेर सुत्केरी हुन्छन् । बाँकी ४३ प्रतिशत महिला अझै पनि घरमै बच्चा जन्माउने गरेका छन् ।

सरकारले आमा सुरक्षा कार्यक्रमअन्र्तगत गर्भवती महिलाहरुका लागि निशुल्क डेलिभरी सेवा व्यवस्था गर्दै आएको छ । यो सेवा नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट पाउने सरकारी भनाई छ । जसअन्र्तगत स्वास्थ्य संस्थामा बच्चा जन्माउने महिलालाई अस्पताल जाँदा लाग्ने यातायात शुल्क सरकारले नै दिन्छ । यातायात शुल्क भूगोलको आधारमा फरक रहेका छन् । तराईको गर्भवती महिलालाई यातायात खर्च वापत ५ सय रुपैयाँ ,पहाडका गर्भवती महिलालाई हजार रुपैयाँ र हिमाली भेगका महिलालाई १५ सय रुपैयाँ यातायत खर्च व्यवस्था गर्दे आईरहेको परिवार स्वास्थ्य महाशाखाका सुचना अधिकारी शर्माले बताए । यस्तै अस्पातलमा सामान्य अवस्थामा बच्चा जन्मेको खण्डमा हजार रुपैयाँ , शल्यक्रिया गरेको ३ हजार र जटिल शल्यक्रियाको ७ हजार रुपैयाँ स्वास्थ्य संस्थालाई सरकारले बुझाउदै आईरहेको छ । 

सेवा पाउने गर्भवती महिलाको तथ्याङ्क


गत तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२  आमा कार्यक्रम अन्तर्गत १ लाख ४९ हजार २ सय ३ जना गर्भवती महिलाले ए.एन.सी अर्थात एन्टीनेटल चेकअप सेवा लिएका छन् । यस्तै आर्थिक वर्ष २०७२/०७३ मा  १ लाख ६१ हजार ५ सय २ , आ.व २०७३/०७४ मा १ लाख २३ हजार ३१ जना गर्भवती आमाहरुले सेवा लिएका छन् । 
यस्तै २०७१/०७२ मा ५ लाख २७ हजार २ सय १७ , आ.व २०७२/ ०७३ मा ४ लाख ३२ हजार ४ सय २४ , आ. व २०७३/०७४ मा ४ लाख २ हजार ८ सय ४९ जना गर्भवती महिलाले नेपाल सरकारबाट यातायात सेवा लिएका छन् ।  

आमा सुरक्षा कार्यक्रममा हालसम्म विनियोजन र खर्च बजेट
आमा सुरक्षा कार्यक्रमका लागि कार्यक्रम सुरु भएको पहिलो वर्षमा १३ करोड ९ लाख रकम विनियोजन गरिएको थियो । यो रकम बर्षेनी बढाउदै लगिएको छ । तर, सेवा लिने गर्भवती आमाहरुको संख्या भने बढेको छैन । यो कार्यक्रममा विनियोजन गरेको बजेट पनि आधा मात्रै खर्च भएको देखिन्छ । जस्तै पहिलो आ.व मा  ५९ लाख डलर रकम आमा सुरक्षा कार्यक्रम अन्तर्गत खर्च भएको देखिन्छ । यस्तै कार्यक्रम संचालन गरेको ८ औ आर्थिक वर्षदेखि आमा सुरक्षाका कार्यक्रमको बजेट अर्ब भन्दा माथिनै विनियोजन भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप