मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा बढे पर्यटक

सोमबार, २३ फागुन २०७३, १५ : ००
सोमबार, २३ फागुन २०७३
बिन्दु कुमार चौहान रुपन्देही– अन्र्तराष्ट्रिय पर्यटकीयस्थल बुद्धजन्म भूमि लुम्बिनीको महत्व बढिरहेको बेला आफ सिजनमा पनि स्वदेशी तथा बिदेशी पर्यटकको आगमनमा महिनैपिच्छे बढेको छ । लुम्बिनी बिकास कोष स्थित सूचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ को फरवरीमा १९ हजार नौ सय १३ जना मात्र बिदेशी पर्यटक लुम्बिनी आएकोमा सन् २०१७ को फरवरीमा कुल ४७ देशका २३ हजार एकसय १८ जना पर्यटक लुम्बिनीमा आएका छन् । यो बर्ष श्रीलंकाबाट ६ हजार नौसय,थाईलेण्डबाट ६ हजार पाँच सय ५७ जना, म्यानमारबाट तीन हजार ६ सय ३२ जना तथा चाईनाले दुई हजार दुईसय ७५ जना लुम्बिनी दर्शनका लागि आएका छन् । यसै गरि आन्तरिक पर्यटकमध्ये ईण्डियन पर्यटकको पनि लुम्बिनी आउने सख््या बढेको छ । सन् २०१६ को फरवरीमा तीनहजार पाँचसय ८० जना भारतीय नागरिक लुम्बिनी आएकोमा सन् २०१७ को फरवरी महिनाभरिमा दश हजार पाँचसय ७७ जना ईण्डियन पर्यटक लुम्बिनी भित्रिएका छन् । त्यस्तै आन्तरिकपर्यटक मध्येकै नेपाली पर्यटकहरुका पनि लुम्बिनी दर्शन गर्ने क्रममा तीब्रता आएको छ । सन २०१६ को फरवरीमा ४७ हजार दुईसय ८६ जना नेपाली पर्यटकहरु मात्र लुम्बिनी भित्रिएकोमा सन २०१६ को फरवरीमा एकलाख ३० हजार नौसय ३० जना पर्यटकहरु लुम्बिनी प्रवेश गरेको तथ्याङकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप