मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा “हिँउको होली”

शनिबार, २८ फागुन २०७३, १५ : १३
शनिबार, २८ फागुन २०७३
डोल्पा–यतिखेर डोल्पा जिल्लानै हिँउले सेताम्य भएको छ । तीन दिन अघिसम्म उजाड र काला देखिने कर्णालीका डाँडापाखाहरु अहिले हिँउले ढपक्कै ढाकीएका छन्। हिँउले सिंगो कर्णालीनै सिंगारिएको छ। त्यसैत हिमपातले यहाँको सुन्दरतालाई अझ मनमोहक बनाईदिएको छ । ‘आहा कति राम्रो दृष्य’ भन्दै तारिफ गर्नेहरुको सङ्ख्या पनि उत्तिकै छन् । गाँउ बस्तीमा धुलाम्य भएका सडक बाटाहरु सफा भएका छन् । वातावरण स्वच्छ भएको छ । जिल्लाको सम्पुर्ण भु—भाग हिँउमय भएको छ । करिव १३ घण्टा सम्मको लगातार भारी वर्षापछि हिउँ पर्न सुरु भएको हो । हिमपात जारी रहँदा जाडोले अगेनो नछोड्नो कर्णालीबासीहरु यतिखेर एक पछि अर्कोगर्दै हिँउमा लड्दै पड्दै वाहिर देखिन थालेकाछन्। कतिपय हिँउसंगको तस्विर खिच्दै सामाजिक सञ्जालमा राख्न व्यस्त देखिन्छन् । अधिकासं डोल्पालीहरु परीवारसंगै लगातारको हिमपाले घर घरको छत छतमा जम्मा भएको हिँउ उठाउन जुटेकाछन् । घाम लागेसंगै हिँउ पग्लेपछि घरमा नचुहीयोस भनेर यसो गर्ने गरेको उनिहरु बताउँछन् । कोही सर्वसाधारणहरु हिँउजम्मा भएको ठाँउमा गएर विभिन्न किसिमका हिँउका आकृतिहरु बनाउँदै गरेको देख्न पाईन्छ । करिव दुईतिन बर्षको अन्र्तरालपछि दश ईन्चसम्म हिँउ जमेपछि पनि आफूहरुमा उत्साह थपिएको उनीहरु बताउँछन् । विशेष गरेर डोल्पासंगै जुम्ला,मुगु,हुम्लामा पनि भारी हिमपात भयो ।यतिखेर कर्णालीबासीहरु बढ्दो चिसोको प्रवाहनै नगरी आफु—आफु विचमा “हिँउको होली” खेल्दै मस्त देखिन्छन् । संजोगलेनै आईतवार फागूपुर्णीमा परेको छ । अझ भनौं, “हिँउको होली” खेल्न स्थानियहरु जुटेकाछन् । हिँउ पग्लन कम्तीमा पाँच दिनलाग्ने अनुमान गरिएकाले पनि रङहरुको पर्व फागु पुर्णीमा हिँउ पुर्णीमाजस्तै भएको स्थानियहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप