सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सौन्दर्यभन्दा स्वाथ्यमा विश्वास गर्छु : अभिनेत्री मेनुका प्रधान

शुक्रबार, २६ माघ २०७४, १२ : ५७
शुक्रबार, २६ माघ २०७४

काठमाडौँ । रङ्गमञ्च र चलचित्र अभिनय सबैतिर छाएकी छन् अभिनेत्री मेनुका प्रधान । पछिल्लो समय उनका दुई चलचित्र एक साताको अन्तरालमा प्रदर्शनमा आए । व्यावसायिक रूपले असफल यी चलचित्र अभिनयबाट उनले चर्चा भने राम्रो पाउन सफल भइन् । लालपुर्जा चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले धेरैको मन छोयो । यो चलचित्रमा उनी विपिन कार्कीको जोडीका रूपमा प्रस्तुत भएकी थिइन् । नवलपरासीको गैँडाकोटकी मेनुकालाई पछिल्लो समय चलचित्रको प्रचार प्रसारमा साथ दिएको आरोपसमेत लाग्ने गरेको छ । तर हालै प्रदर्शनमा आएको दुवै चलचित्रको प्रचारमा भने उनी खुलेर लागेकी थिइन् । एक दिन एक रात, भिसा गर्ल, सुनगाभा र भिजिलान्ते, रेसम फिलिली, लाल पुर्जा र शेरबहादुरलगायत चलचित्रकी अभिनेत्री मेनुकाले मलामी, काफ्का एक अध्याय, एन्जल अफ द अमेरिकालगायतका दर्जनभन्दा बढी नाटकमा सशक्त अभिनय निर्वाह गरेकी छन् । एक्टर्स स्टुडियोबाट अभिनय प्रशिक्षण लिएकी उनले म्युजिक भिडियो, टेलिफिल्म र रेडियो नाटकमा समेत काम गरेकी छन् । चलचित्रको आइटम गीतमा समेत देखिने गरेकी अभिनेत्री मेनुकासँग रातोपाटीको दश प्रश्न :

पछिल्लो समय व्यस्तता कति बढेको छ ?
– बिजी नै छु भन्नुपर्छ । आफूले अभिनय गरेको चलचित्र लगातर रिलिज भइरहेका छन् । ती चलचित्रको प्रचार प्रसारमा पनि लागिपरेकी छु । साथसाथै नाटक अभिनयमा पनि भिड्दैछु । 

‘लालपुर्जा’मा विपिन कार्कीसँग जोडी बाँध्नुभएको थियो । तपाईंलाई विपिनको के कुरो मन पर्यो ?
– म त विपिनको फ्यान नै हुँ । क्यारेक्टर, सिचुएसन र कथा राम्रोसँग बुझ्ने अनि मात्र अभिनय गर्ने कलाकार हुन् विपिन । पात्रअनुसार साँच्चिकै फिल गरेर अभिनय गर्ने कलाकार भन्न रुचाउँछु । उनको यही बेस्ट लाग्छ । मैले पनि विपिनसँग अभिनय गर्दा यी कुरा सिक्ने मौका पाएँ । 

जीवन के हो ?
– उपहार हो, (लामो हाँसो) हा हा हा  । मैले यसरी बुझेकी छु । यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा आफ्नो हातमा छ । यसलाई आफूले जसरी लान चाह्यो त्यसरी नै लैजान सकिन्छ । 

सौन्दर्यतिर कतिको रुचि छ नि ?
– सौन्दर्यभन्दा पनि हेल्थमा विश्वास गर्छु । सौन्दर्य नेचुरल नै राम्रो हुन्छ । म पनि आफूलाई प्रायः नेचुरल सौन्दर्यमा प्रस्तुत गर्न रुचाउँछु । 

फेसनमा कतिको सोख छ ?
– प्रायः सबैखालका पहिरन मनपर्छ । 

गीत सङ्गीतमा रुचि नि ?
– गीत सङ्गीत मेरो नजिकको साथी हो । सबैखालका गीत सङ्गीत सुन्न मनपर्छ । तर छानेर सुन्ने गरेकी छु । 

कस्तो केटा मनपर्छ ?
– एकदमै सिम्पल, निर्दाेष, राम्रो नेचर भएको मनपर्छ ।

घुम्न कतिको रुचि छ ?
– यो संसारै मेरो हो जस्तो लाग्छ । विश्वको जुनै भाग जस्तो छ, त्यो सबै हेर्न मनछ । हरेक ठाउँको अनुभव लिन मन लागेको छ ।

डेट कतिको जानुहुन्छ ?
अहिले त्यति गएको छैन । साथीभाइसँग घुमघामका रूपमा डेट भइरहेको हुन्छु । मनपर्र्ने मान्छे आफैसँग भएकाले डेटको आवश्यकता परेको छैन । 

रोजेको व्यक्तिसँग डेट जाने अफर दियो भने ?
वैज्ञानिक इस्टेफन हकिङ्ससँग जान चाहन्छु । उनीसँग भेटेर धेरै कुराको ज्ञान लिन मन लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप