मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने

शनिबार, १२ चैत २०७३, २२ : ०८
शनिबार, १२ चैत २०७३
नवलपरासी, चैत १२– आगामी ‘निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको’ भूमिका विषयक विचार गोष्ठी आज नवलपरासीमा आयोजित गरियो । लोकतान्त्रिक÷गणतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाज नवलपरासीले आयोजना गरेको सो विचार गोष्ठी आयोजना गरेको हो । सो अवसरमा बोल्ने वक्ताले देशमा लोकतान्त्रिक÷गणतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाले गरेको योगदानप्रति प्रशंसा व्यक्त गर्दै उनले देखाएको बाटोमा आम नेपाली अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि संविधान २०७२ का मस्यौदाकार, सांसद एवम् वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनमा प्रजातन्त्रवादी बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने भन्दै यसमा सबैले आ–आफ्नो स्थानबाट उचित भूमिका निर्वाह गर्नुपर्ने विचार राखे। प्रजातान्त्रिक विचार समाज नवलपरासीका अध्यक्ष दुपनारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद विक्रम खनाल, समाजका केन्द्रीय उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, समाजका केन्द्रीय महासचिव गोकर्ण अर्याल, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायतले संविधान कार्यान्वयन तथा स्थानीय निर्वाचनमा प्रजातान्त्रिक शक्तिलाई विजयी गराउनुपर्ने विचार राखेका थिए । यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछाने र सचिव बालकृष्ण घिमिरे, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मनोहर पराजुलीलगायतले समेत आ–आफ्नो विचार राखेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप