मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटनलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड

आइतबार, १३ चैत २०७३, २१ : ३१
आइतबार, १३ चैत २०७३
काठमाडौँ, चैत १३ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब तीन प्रतिशत योगदान पुर्याएकाले यसको विकासले अर्थतन्त्र बलियो हुने बताए । पर्यटन विभागको अनुगमनपछि आज मन्त्री गिरीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै सो क्षेत्रलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । देशको विभिन्न पर्यटकीयस्थलमा घुम्न आउने पर्यटकलाई भरपर्दो सूचना उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्दै उनले मौसममा आउने परिवर्तनले गर्दा समयसमयमा पर्यटक हराउने गरेकामा चिन्ता व्यक्त गरे । मन्त्री गिरीले हराएका पर्यटकको खोजी गर्न आवश्यक उपकरण जडान तथा दक्ष जनशक्तिको विकास गर्न विभागलाई निर्देशन दिए । उनले पर्यटन क्षेत्रको विकासले समाजमा बहुआयमिक प्रभाव पार्ने र नागरिकको आर्थिक समृद्धि गर्नसक्ने र पर्यटन क्षेत्रको विकासले छिटो छरितो राष्ट्रको विकास गर्न सकिने बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप