मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन राज्यमन्त्रीको सपनाः पर्यटन क्षेत्रमा युवालाई परिचालन गरिने

सोमबार, १४ चैत २०७३, २० : ०५
सोमबार, १४ चैत २०७३
काठमाडौँ, चैत १४ – संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । हस्पिट्यालिटी फाउन्डेसन अफ नेपालले यहाँ आज आयोजना गरेको नेपाल हस्पिट्यालिटी अवार्ड वितरण कार्यक्रममा मन्त्री राज्यमन्त्री तामाङले युवा वर्गलाई परिचालन गर्नसके मात्र पर्यटन क्षेत्रले सकारात्मक फड्को मार्ने बताएका हुन् । कार्यक्रममा इनोभेटिभ सेफ अफ दि एयरबाट कुमार चालिसे, हस्पिटालिटी इन्टरप्रिनिरबाट राजेन्दप्रसाद त्रिपाठी, गेस्टोनोमी अवार्डबाट सुरेशचन्द्र बस्नेत, डुङ्गा रेस्टो एन्ड लज बारबाट राजेश गुरुङ, अप्सरा बुटिक होटल ठमेलका रमेश नापित, बेस्ट ट्राभल एन्ड टुरबाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र बेस्ट एयर होस्टेस अवार्डबाट फ्लाइइटेक इन्टरनेसनलका नाजिस हुसैनलाई सम्मान गरिएको हो । सो अवसरमा हस्पिट्यालिटी फाउन्डेसनका अध्यक्ष महेशराज ढकालले नेपालमै यस खालको अवार्ड आफूहरुले व्यक्तिगत प्रयासमा वितरण गरेको बताउँदै भविष्यमा यस्ता कार्यक्रममा पर्यटन क्षेत्रले पनि सहयोग गर्ने अपेक्षा राखे । कार्यक्रममा अवार्ड विजेता बस्नेतले सम्मानले आफूलाई पर्यटन क्षेत्रमा अझ केही गर्ने हौसला मिलेको बताउनुभयो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष चन्द्र रिजालले आगामी दिनमा पर्यटन क्षेत्रबाट आएको आम्दानी सदुपयोग भए नेपाल पर्यटन क्षेत्र अझै राम्रो हुने विश्वास व्यक्त गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप