मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पोखरा पर्यटन परिषद्को अधिवेशनमा कसले के भने ?

मङ्गलबार, १५ चैत २०७३, ०८ : ४९
मङ्गलबार, १५ चैत २०७३
पोखरा - पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए । - कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका सम्भावनालाई उजागर गर्न सरकार एवम् निजी दुवै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिए । - उनले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकास, राम्रो शिष्टाचार, स्वस्थकर खाना आदिको अपरिहार्यता भएको उल्लेख गर्दै पर्यटकीय विकासका क्रममा वातावरणीय सन्तुलनलाई पनि दृष्टिगत गर्नुपर्ने बताए । - नेपालको आर्थिक विकासका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने क्षेत्रीय प्रशासक खतिवडाले बताए । - कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारका नीति पर्यटनमैत्री हुनुपर्ने बताउँदै राजनीतिक अस्थिरताका कारण प्रभावित यस क्षेत्रको विकास आसन्न स्थानीय तहको निर्वाचनसँगै सकारात्मक मार्गमा जाने उल्लेख गरे । - पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटन सम्बद्ध व्यवसायी एवम् संस्था एकाकार भएर अघि बढ्नुपर्नेमा जोड दिए । - पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पर्यटन सम्बद्ध सबै व्यवसायी एकजुट भएर लागेमा देशको पर्यटकीय विकासका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने धारणा राखे । - पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले देशको समग्र पर्यटनमा योगदान गर्ने तवरबाट परिषद्ले आफ्ना गतविधि अघि बढाएको बताए । - कार्यक्रममा पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, संस्थापक अध्यक्ष अशोक पालिखेलगायतले पोखराका पर्यटकीय सम्भावना र पोखरा पर्यटन परिषद्को भूमिकाबारे प्रकाश पारे । उक्त अवसरमा पोखराको पर्यटकीय विकासमा योगदान गर्ने विभिन्न संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप