मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गरीबका लागि अस्पताल सावित डोल्पाका ‘तातोपानी कुवा’ !

मङ्गलबार, १५ चैत २०७३, १२ : ३६
मङ्गलबार, १५ चैत २०७३

रामचन्द्र न्यौपाने

डोल्पा, चैत १५ – डोल्पालीका लागि प्राकृतिक रुपमा बनेका तातोपानीका कुवाहरु अस्पताल सरह बन्दै आएका छन् । डोल्पालीका अनुसार तातोपानीका कुवामा नुहाउनाले छाला, मुटुजन्य लगायत विभिन्न प्रकारका दीर्घ रोगहरु निको हुने गरेको छ ।

जिल्लाका फलरुपी, सुँपानी, सहरतारा, रुपगाड लगायतका स्थानमा तातोपानीका कुवाहरु रहेका छन् ।

‘सम्पन्न ब्यक्तिहरु महंगा अस्पतालमा जान्छन् तर गरिबहरुका लागि यहिका तातोपानी कुवाहरु नै अस्पताल सावित भएका छन्,’ त्रिपुराकोट—२ का स्थानीय चन्द्रा थापाले बताए ।

तातोपानीका कुवामा नुहाउनेगरेपछि आफुलाई शरीर झमझमाउने रोग निको भएकाले हरेक आफु हरेक बर्ष तातोपानी पुग्ने गरेको थापाको भनाई छ ।

यहि मान्यताका कारण कुवाहरुमा नुहाँउन जानेहरुको घुँइचो लागेको छ । प्रत्येक बर्ष फागुन दोस्रो हप्ता देखि चैत अन्तिम सातासम्म डोल्पाका प्राकृतिक तातोपानीका कुवामा हजारौँ सर्वसाधारणहरु पुग्ने गर्दछन् ।

विशेषगरी पुरुषहरुको तुलनामा महिलाहरु कुवामा नुहाउन जाने गरेको त्रिपुरा सुन्दरी नगरपालिका—१ की बिम्री सार्कीले बताइन् ।

तातोपानीका कुवामा नुहाँउन थालेपछि दीर्घ रोग समेत निको भएको अनुभव सार्कीले सुनाईन् । यता, जिल्लाका केही तातोपानी कुवासम्म पुग्ने बाटो अत्यन्तै जोखिमयुक्त भएकाले सुधार गर्नुपर्नेमा सर्वसाधारणले जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप