मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमालेका नेता अमेरिकाको बाल्टिमोरमा भेला

शुक्रबार, १८ चैत २०७३, १० : ३८
शुक्रबार, १८ चैत २०७३
वाशिंगटन डिसी, चैत १८– प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो अधिवेशनमा सहभागि हुन एमालेका आधा दर्जन नेताहरु अमेरिका पुगेका छन् । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ अर्थात आजै उद्घाटन हुने अधिबेसनका लागि एमाले नेताहरु अमेरिका पुगेका हुन् । अधिवेशनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएपनि अध्यक्ष ओली व्यस्तताका कारण नआउने भएपनि अन्य नेता कार्यकर्ता भने अमेरिका पुगिसकेका छन् । अध्यक्ष ओली नआउने भएपछि पूर्व एमाले संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिका रुपमा सहभागि हुन अमेरिका पुगिसकेको आयोजकले जनाएको छ । त्यस्तै पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्यमन्त्रि खगराज अधिकारी समेत अमेरिका पुगेका छन् । कार्यक्रमकै लागि पूर्व सांसद जगदिश कुशयत तथा अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागि हुने आयोजकले जनाएको छ । तीन वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनले नयाा नेतृत्व चयन गर्नेछ । अधिबेशनका लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कृयाशील सदस्यहरुबाट छानिएर आएका २५० प्रतिनिधिहरुले भाग लिदैछन् । अधिवेशनको सांस्कृतिक कार्यक्रमको लागि हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी लगाएतको उपस्थिति रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप