मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा पर्यटक बढे, पर्यटन प्रर्बद्धन भएन

सोमबार, २१ चैत २०७३, १५ : ५४
सोमबार, २१ चैत २०७३
रुपन्देही, चैत २१ –अन्र्तराष्ट्रिय पर्यटकीयस्थल लुम्बिनीमा सन् २०१६ मार्च महिनाको तुलनामा यस बर्षको मार्च महिनामा बिदेशी पर्यटकको आगमनमा ३२ दशमलव ९५ प्रतिशत बृद्धि भएको छ । लुम्बिनी बिकास कोषको सुचना शाखाले दिएको जानकारी अनुसार सन २०१६ को मार्चमा २१ हजार चारसय ४४ जना पर्यटक मात्र आएकोमा यस बर्षको मार्चमा २८ हजार पाँच सय ११ जना बिदेशी पर्यटक लुम्बिनी आएका छन् । यसबर्ष मार्चमा श्रीलंकाबाट ११ हजार पाँचसय ,बर्माबाट पाँच हजार एकसय ७८ जना, थाईलैण्डबाट चारहजार ६ सय ५८ जना र चाईनाबाट दुईहजार ३१ जना पर्यटक लुम्बिनी आएका छन् । त्यस्तै आन्तरिक पर्यटक मध्ये भारतीय पर्यटकहरु गतबर्षको मार्चमा पाँच हजार एकसय ९० जना मात्र लुम्बिनी आएकोमा यसबर्ष मार्चमा नौ हजार सात सय २१ जना पर्यटक लुम्बिनी आएका छन् । लुम्बिनीमा गत बर्षको मार्चमा ३६ हजार आठसय ८८ जना नपाली पर्यटक गएकोमा यस बर्षको मार्चमा ६८ हजार चारसय १२ जनाले भ्रमण गरेका छन् । लुम्बिनी बिकास कोषले तेस्रो मुलुकका नागरिकसँग दईसय ,सार्कराष्ट्रका नागरिक सँग एकसय तथा भारतीय नागरिकसँग १६ रुपैयाँ लुम्बिनी संरक्षण शुल्क वापत राजस्व लिदै आएको छ । ण् कोषको तथ्याङकमा पर्यटक बढेपनि लुम्बिनीमा आएका पर्यटक टिक्न नसक्दा पर्यटन प्रर्बद्धन खासे नभएको लुम्बिनी पर्यटन ब्यवसायी संघका अध्यक्ष नरेन्द्र कुमार मिश्राले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप