मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन हार्‍यो माओवादीले चुनाव ? यस्तो छ माओवादीको विश्लेषण

आइतबार, १८ असार २०७४, ११ : ४९
आइतबार, १८ असार २०७४

काठमाडौं–पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै माओवादी केन्द्रले दोस्रो चरणमा पहिलाको भन्दा राम्रो परिणाम ल्याउने आंकलन गरेको थियो । तर दोस्रो चरणको मतपरिणाम आइरहादा माओवादीले गरेको आंकलन फेल भएको छ ।


माओवादी केन्द्रका नेता मणि थापा माओवादी हार्नुको कारण यसरी विश्लेषण गर्छन्:  


१) माओवादी पार्टी जनमुखी हुनु पर्ने हो । त्यो भएन । माओवादीले आफैंले गरेको त्याग तपस्या र बलिदानीको महत्व नै बुझेन । बुझेको भए आफ्नो जनाधारको बचाउ गथ्र्यो होला । 


पछिल्लो समयमा हुर्कादै र फैलदौ गएको उपभोक्तावादले माओवादीलाई पुरै गााजेको छ । उसले संगठन निमार्णमा भन्दा आफ्नो जीवनमा कसरी परिवर्तन गर्ने भन्ने चिन्ता बढी गर्छ । संगठन विना आफ्नो अस्तित्व छैन भन्ने कुरा बिसर्नु माओवादीको लागि सबै भन्दा ठूलो घाटा हो । दोस्रो संविधानसभाबाट कुनै शिक्षा नलिएको देखियो । 

२)  निर्वाचनमा जसरी केन्द्रीय नेतृत्वमा चिन्ता र चासो हुनु पर्ने हो । त्यो कुनै पनि नेतामा देखिएन । जसरी केन्द्रीय नेतृत्व खट्नु पर्ने हो त्यसरी कुनै पनि नेताहरु खट्नु भएन । नेताहरुको व्यवस्थित खटाइ भएको भए यो भन्दा राम्रो परिणाम आउथ्यो ।


३) माओवादीसाग चुनावी रणनिति  नहुादाको कारण आफ्नै मतदाताहरुलाई पनि मतदान केन्द्रसम्म पुऱ्याएर भोट हलाउन सकेन । आफूले गरेका राम्रा कामपनि जनतामा पुऱ्याउन सकेन । आफ्नो कारणले गणतन्त्र लगायतका सबै परिवर्तन आएको कुरा  जनतालाई भन्न सकेन । 


४)  आफ्नै पक्षमा भएका मतहरुलाई मतदान केन्द्र सम्म लैजान सकेन । आफ्नो मतदाता अरुले प्रयोग गर्दा पनि माओवादीले त्यसको रक्षा गर्न सकेन ।


५) चुनावमा कााग्रेस व्यक्ति लड्छ । उसको पार्टी भन्दा व्यक्ति बढी हाबी हुन्छ । एमालेको पार्टी र व्यक्ति लड्छ । यो चुनावमा पनि त्यहि देखियो । माओवादीको कार्यकर्ताहरु मात्र फिल्डमा खटे । उनीहरुको मेहनतले मात्र हो यो परिणाम आएको हो । नेताहरुलाई त यो पनि चासो थिएन जस्तो देखियो । कार्यकर्ताहरुले फिल्डमा च्युरा खाएर खट्दा पनि नेतामा कुनै जिम्मेवारी बोध भएको देखिएन । 


माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेको पनि  चुनाव हार्नुको कारण थापाको जस्तै छन्:  


१) चुनाव जित्नका लागि बसै भन्दा आवश्यक संगठन हो । संगठन भएन भने चुनाव जितिदैन । वडा वडामा संगठन भएन भने चुनाव जित्न सकिादैन । जसले आ–आफ्नो वडाको सबै कुराको तथ्याङक राख्छ । जनतासंग एकाकार भएर काम गर्छ , उसैको पक्षमा माहोल हुन्छ । 


२) माओवादी केन्द्र अब चुनावको बाटोबाट अगाडि बढ्छ अथवा अन्य बाटोबाट अगाडि बढ्छ भन्ने कुरा आफैंमा दोधार छ । यस्तो हुादा देशमा सबै भन्दा बढी भएको मध्यम वर्ग माओवादीबाट टाढा छ । यो वर्ग जसको नजिक हुन्छ नेपालमा त्यसले चुनाव जित्छ । 


३ माओवादीसंग प्रचारको शैली भएन । नत माध्यम नै भए । माओवादीले गरेका राम्रा कामको पनि प्रचार भएन । मिडियाले गर्ने कुरा भएन । माओवादी पार्टीले आफैं  पनि  गर्न सकेन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप