मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धिको आधार पर्यटन : उपराष्ट्रपति पुन

बुधबार, ३० चैत २०७३, १७ : ५१
बुधबार, ३० चैत २०७३

काठमाडौँ, ३० चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिको लागि पर्यटन क्षेत्र नै मुख्य आधार भएको बताएका छन् ।

शिखरपोस्ट मिडियाको तेस्रो वार्षिकोत्सव समारोहमा उपराष्ट्रिपति पुनले पर्यटन प्रवद्र्धन नगरी देशको विकास सम्भव हुन नसक्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

विकासका लागि सरकारको मात्र बाटो हेर्न नुहुने भन्दै उनले निजी क्षेत्रले पनि पर्यटन क्षेत्रको विकासको लागि पहल गर्नुपर्ने बताए । राज्यले ध्यान पु¥याउन नसक्दा पनि विकासले गति लिन नसकेको स्वीकार्दै उपराष्ट्रपति पुनले अबको दश वर्षमा मुलुकको मुहार फेर्न सकिने विश्वास व्यक्त गरे ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले नेपालको सबै स्थान पर्यटन प्रवद्र्धनको हिसाबले उत्कृष्ट रहेकाले निजी क्षेत्रले लगानी गर्दा सरकारले पनि सहयोग र साथ दिनुपर्ने बताए ।

कार्यक्रममा शिखरपोस्ट मिडियाका प्रधान सम्पादक प्रकाश खालिङले पत्रकारिताको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितर्फ लान सकिने बताए ।

सोही कार्यक्रममा साउदीको जेलमा परेका रोल्पाका दिलबहादुर घर्तीमगरको उद्धारका लागि उनको परिवारलाई अनिश प्रतिष्ठानको तर्फबाट रु तीन लाख प्रदान गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप