मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फ्लाइपाल : विमान सुरक्षालाई सघाउने सफ्टवेयर

सोमबार, ०४ वैशाख २०७४, १५ : २१
सोमबार, ०४ वैशाख २०७४

काठमाडौ, बैशाख ४ –सानो उपकरण हटाउँदा चल्दै गरेको मेसिन बन्द हुनसक्छ । एउटा तार चुँडिदा संसारभरको सम्पर्क टुट्न सक्छ, अनि सानो विवरण गलत भइँदिदा ठूलो दुर्घटना निम्तन सक्छ ।

जहाजको सुरक्षित उडानका लागि त हरेक सुक्ष्म विवरणको महत्व अझ बढि हुन्छ । जब विमान परीक्षणको कुरा आउँछ, यस्ता साना–साना विवरणलाई ख्याल गर्नुपर्ने हुन्छ । यस क्रममा विमानको हरेक इन्च अत्यन्तै सुक्ष्म रुपमा परीक्षण गरिएको हुनुपर्छ ।

जहाज परीक्षण टोलीका सदस्यले सबैखाले विवरणको रेकर्ड राख्नुपर्ने हुन्छ । बुध्द एयरका आठवटा जहाजको समय–समयमा गरिने यस्तो परीक्षणबाट संकलित विवरण एकदमै धेरै हुन्छ । हज्जारौ सूचनाको भण्डारलाई हरेक दिन रेकर्ड गर्नु सानोतिनो चुनौती होइन ।

उडान तालिका, सम्पत्तिको सूची र ‘एयर वर्दिनेस टेस्ट’ विवरणजस्ता सूचनालाई मानिसले संकलन गरेर जतन गरि राख्न सम्भव हुन्छ ? पक्कै पनि हुदैन । त्यसैले तीन वर्षअघिदेखि बुध्द एयरले ‘फ्लाइपाल’ नामक सर्भरमा आधारित सफ्टवेयर प्रयोग गर्न थालेको छ । जसले कम्पनीका हरेक खाले तथ्यांक र विवरणलाई सहज ढंगले संग्रह गर्छ । यसलाई बुध्द एयरको मस्तिष्क नै भन्दा पनि हुन्छ, जसले उडान सम्बन्धी समस्याको समाधान निकाल्ने मात्र होइन योजनाका लागि समेत मार्गदर्शन गर्छ ।

‘हामीले तीन वर्षअघि ‘फ्लाइपाल’ खरिद गरेर बुध्द एयरको मापदण्डलाई सुधार ग¥यौ,’ टेक्निकल सर्पोट डिभिजनका टेक्निकल सर्भिस इन्जिनियर कुशल थापाले भने, ‘यो त्यत्ति सजिलो काम थिएन तर अहिले हामीले सफ्टवेयर प्रयोग गरिरहेका छौ ।’ भारतको पुनेमा बनाइएको यो सफ्टवेयर नेपाली उडान मापदण्ड र नियमलाई समेत समेटेर ‘मोडिफाई’ गरिएको छ ।

‘फ्लाइपाल’ले बुध्द एयरका ८ वटा विमानको नियमित परीक्षण गर्नुका साथै उपकरणको सूचीलाई व्यवस्थित गर्ने काम गर्छ । सर्भरमा आधारित सफ्टवेयर भएकाले इन्टरनेटको माध्यमबाट कर्मचारीले सजिलै प्रयोग गर्न सक्छन् । ‘हाम्रा ३० देखि ३५ जना कर्मचारीलाई यो सफ्टवेयरको एक्सेस छ । उनीहरु सजिलै डाटा सफ्टवेयरमा राख्न सक्छन्,’ थापा भन्छन्, ‘उनीहरुको कामलाई फरक समूह र वर्गमा विभाजन गरेर सजिलो बनाइएको छ ।’

यो सफ्टवेयरको माध्यमबाट विमान परीक्षणको तालिका घण्टा अनुसार होस् या दिन अनुसार सबै कर्मचारीले पूर्व सूचना पाउँछन् । कर्मचारीहरुले तालिका अनुसार काम गर्नु पर्छ र समयमै सबैखाले विमान परीक्षण सम्बन्धी गतिविधि सक्नुपर्छ । सफ्टवेयरले गर्ने पहिलो काम भनेकै कुन–कुन कुरा कुन बेला गर्ने भनेर तालिका व्यवस्थापन गर्नु र त्यसको पूर्व सूचना दिनु हो । जसरी एउटा कर्पोरेट अफिसमा हरेक समय तोकिएकै बेला कर्मचारीहरु बैठकमा उपस्थित हुन्छन् उस्तै गरि विमान परीक्षणका हरेक साना कुरा पनि समयमै हुने गर्छन् ।

ह्याङ्गरका लागि उपकरणको सूची अर्को महत्वपूर्ण कुरा हो । यसप्रति सधैं सतर्क र संवेदनशील हुनुपर्छ । जहिले पनि पुराना विमान उपकरण र पार्टपुर्जा हटाएर नयाँ लगाउनु पर्ने आवश्यकता हुन्छ । धेरै उपकरणलाई तालिकाबद्ध र नअल्मलिने गरि राख्नु चुनौतीपूर्ण कुरा हो । तर, यो सफ्टवेयरले बुध्द एयरलाई चाहिने उपकरण र पार्टपुर्जा मौज्दात बारे पूर्ण जानकारी राख्छ । विमान परीक्षण र त्यसका लागि आवश्यक उपकरणबारे पूर्व सूचना दिन्छ, जसले भविश्यमा गर्नुपर्ने परीक्षणका लागि चाहिने उपकरण मौज्दातमा रहेको÷नरहेको निक्र्यौल गर्न सजिलो हुन्छ ।

मेसिन भनेको ‘सेल्फ लर्निङ’ (स्व–सिकाई)को वस्तु हो । त्यसैले सफ्टवेयरले भविश्यका लागि विमान परीक्षणका हरेक विवरणलाई सुरक्षित राख्ने गर्छ । जसलाई मेसिन सम्बन्धी सन्दर्भ सामग्री (रिफरेन्स)कै रुपमा लिन सकिन्छ ।

मानिस र मेसिनको संयोगबाट तयार पारिएको सुक्ष्मभन्दा सुक्ष्म विस्तृत विवरणले नै बुध्द एयरलाई पूर्णरुपमा सक्षम बनाएको छ । एउटा सफल र असल व्यवसायमा जस्तै प्रविधिले यसलाई आन्तरिक उडानको अब्बल कम्पनी बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप