सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

७ नम्बर प्रदेशका ८८ मध्ये ६१ तहको नतिजा सार्वजनिक, कांग्रेस अगाडि, एमाले पछ्याउँदै

आइतबार, १८ असार २०७४, १२ : २८
आइतबार, १८ असार २०७४

काठमाडौं – ७ नम्बर प्रदेशका नौ जिल्लामा ८८ स्थानीय तहमध्ये अधिकांशको मत परिरणाम सार्वजनिक भइसकेको छ । आईतबार १२ बजेसम्ममा सात नम्बर प्रदेशका नौ जिल्लाका ६१ स्थानीय तहको परिणाम प्राप्त भएको छ । प्राप्त नतिजामध्ये ३१ स्थानमा नेपाली कांग्रेस, २५ स्थानीय तहमा एमाले र ५ स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको छ । 


दार्चुला जिल्ला –

सात नम्बर प्रदेशको दार्चुला जिल्लाका नौ तहमध्ये आठ स्थानीय तहको परिणाम आइसकेको छ । जसमा कांग्रस तीन एमाले ४ र माओवादी केन्द्रले १ तहमा जित हासिल गरेका छन् । एक स्थानीय तहमा मत गणना जारी छ । दार्चुलामा कांग्रेस दुई नगरपालिकासहित एक गाउँपालिकामा जित हासिल गर्न सफल भएको हो । उसले शैल्यशिखर र महाकाली नगरपालिकासहित दुहु गाउँपालिकाको प्रमुख जितन सफल भएको हो । त्यस्तै यो जिल्लामा एमालेले अपिहिमाल, नौगाड,लेकम र मालिकार्जुन गाउँपालिकामा जितेको छ । माओवादी केन्द्रले यो जिल्लामा अहिलेसम्म मार्मा गाउँपालिका मात्र जितेको छ । 
बैतडि जिल्ला –बैतडी जिल्लाका १० स्थानीय तहमध्ये नौ तहको अन्तिम परिणाम आइसकेको छ । जसमा एमालेले ३ र कांग्रेस ६ वटा तहमा जित हासिल गरेका छन् । एक तहको भने मतगणना जारी छ । यो जिल्लामा कांग्रेसले मलौली र दशरथ नगरपालिकासहित चार गाउँपालिकामा जितेको छ । कांग्रेसले जितेका गाउँपालिकामा शिवनाथ, पाटन, सिसास र सुर्नया गाउँपालिकामा विजयी भएको छ । बैतडीमा एमालले पन्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा विजय भएको छ । 


डडेलधुरा जिल्ला–

सात स्थानीय तह रहेको डडेलधुरामा सवै तहको अन्तिम मत परिणाम आइसकेको छ । जसमा कांग्रेसले ४, एमालेले २ र माओवादी केन्द्रले १ सथान जितेका छन् । कांग्रेसले एक नगरपालिका र ३ गाउँपालिकामा कव्जा जमाएको छ भने एमालेले एक गाउँपालिका र एक नगरपालिका जितेको छ । एमालेले अमरगढी नपा र नवदुर्गा गाउँपालिका  जितेको हो । त्यस्तै माओवादी केन्द्रले अजयमेरु गाउँपालिकाको प्रमुखमात्र जितेको छ । कांग्रेसले भने आलिताल, भागेश्वर, गन्यापधुरा गाउँपालिका तथा परशुराम नगारपालिकामा जितेको हो । 


कन्चनपुर जिल्ला–

कन्चनपुर जिल्लाका नौ सथानीय तहमध्ये २ वटाको मात्र अन्तिम मत परिणामा आएको छ । जसमध्ये एकमा कांग्रेस र एकमा माओवादी केन्द्र विजयी बनेका छन् । अहिलेसम्म महाकाली नगरपालिकामा कंग्रेस विजयी बनेको छ भने लालझाडी गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । ६ नगरपालिका रहेको यो जिल्लामा अधिकांश स्थानमा कांग्रेस र एमालेबीच नै प्रतिश्पर्धा भइरहेको छ । 


कैलाली जिल्ला–

१३ स्थानीय तह रहेको केलालीमा पनि तीनवटाको मात्र अन्तिम नतिजा आएको छ । जसमा एमालेले २ र कांग्रेस एक स्थानीय तहमा विजयी बनेका छन् । जोशीपुर गाउँपालिकामा कांग्रेस तथा चुरे र मोन्ह्याल गाउपलिकामा एमाले विजयी बनेको छ । एक उपमहानगर र सात नगरापालिका रहेको यो जिल्लाका १० स्थानीय तहको मतगणना जारी नै छ ।  


डोटी जिल्ला –

सात नम्बर प्रदेशको डोटी जिल्लामा रहेका नौ सवै नौ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ । जसमध्ये कांग्रेस ३, एमाले ५ र माओवादी केन्द्र १ स्थानमा विजयी भएको छ । यसमा शिखर, बडिकेदार र केआइसिंह गाउँपालिकामा कांग्रेस विजयी बनेको छ । त्यस्तै ५ सथान जितेको एमालेले दिपायल शिलगढी नगरपालिकासहित पुर्वीचौकी, आर्दश, सायल र जोरायल गाउँपलिका जितेको छ । माओवादीले डोटीमा एकमात्र बोगटान गाउँपालिका जितेको छ ।  


बझाङ जिल्ला–

१२ वटा स्थानीय तह रहेको बझाङमा अन्तिम परिणाम १० वटाको आइसकेको छ । जसमध्ये ४ वटामा कांग्रेस र ६ वटामा एमालेले जित हासिल गरेको छ । कांग्रेसले सुर्मा र खप्तडछन्ना गाउँपालिका र बुंगल नगरपालिकामा जितेको छ । एमालेले जयपृथ्वी नगरपालिकासहित मष्टा, तलकोट, वित्थडचिर, थलरा र दुर्गाथली गाउँपालिकामा कव्जा गरेको छ ।  यो जिल्लाको दुई गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छैन । 


बाजुरा –

नौ सथानीय तह रहेको बाजुरामा आठ सथानीय तहको अन्तिम नतिजा आइसकेको छ । जसमा कांग्रेसले ५ र एमालेले ३ तह जितेको छ । १ तहको भने मतगणना जारी छ । बाजुरामा कांग्रेसले दुई नगरपालका बडिमालिका र त्रिबेणीसहित हिमाली, बुढिगंगा र छेडेदह गाउपपालिकामा जित हासिल गरेको छ । त्यस्तै एमालेले पाण्डवगुफा, नौमुल र सवामीकार्तिक गाउँपालिका प्रमुख जितेको छ । 


अछाम–

१० स्थानीय तह रहेको अछाम जिल्लामा ५ तहको अन्तिम नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जितेका छन् । यो जिल्लामा एमालेले अहिलेसम्म कुनै पनि तह जितेको छैन । माओवादी केन्द्रले मल्लेख गाउँपालिका प्रमुख जितेको छ भने कांग्रेसले कमल बजार र पन्चदेवल नगरपालिकासहित ढकारी र बान्नीगरी गाउँपालिकामा जितेको छ । बाँकी ५ स्थानीय तहको मतगणना जारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप