मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा बाघको आकर्षण

बुधबार, ०६ वैशाख २०७४, १४ : ५४
बुधबार, ०६ वैशाख २०७४

गुलरिया (बर्दिया), ६ वैशाख । छोटो बसाइँका लागि बर्दिया राष्ट्रिय निकुञ्ज आएका बेलायतका मार्टिन बाराले पहिलो दिनमै बाघ देख्नुभयो । नजिकबाट बाघ देख्न पाउँदा उहाँ निकै खुसी हुनुभयो । जीवनमा पहिलोपटक प्रत्यक्ष रूपमा बाघ देख्ने अवसर पाएका मार्टिन अर्कोपटक फेरि बाघ हेर्न नेपाल आउने निधो गरेर फर्किनुभयो ।

बर्दिया निकुञ्जमा हिजोआज दिनैपिच्छे बाघ देख्न पाइन्छ । बाघका कारण यहाँ पर्यटकको सङ्ख्यामा वृद्धि भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउनुहुन्छ ।

“सजिलैसँग बाघ र गैंँडा हेर्न पाइने भएपछि पर्यटकले आफ्नो बसाइँ लम्ब्याउने गरेका छन्,” उहाँले भन्नुभयो । बाघ, गैँंडालगायत वन्यजन्तु अवलोकनका लागि अहिले उपयुक्त समय भएको थापाकोे भनाइ छ । बाघ, गैँडा देखेपछि फुरुङ्ग हुने पर्यटक दोहो¥याई तेहे¥याई निकुञ्ज घुम्ने गरेका छन् ।

पर्यटन व्यवसायीले पर्यटकलाई लक्षित गरी होटेलको सेवासुविधामा वृद्धि गरेका छन् । काठमाडौँदेखि ठाकुरद्वारासम्म सुविधासम्पन्न बस सेवा सञ्चालनमा आएपछि पर्यटकको आगमन बढेको छ । वन्यजन्तु अवलोकलनका लागि चैतदेखि जेठ मसान्त अत्यन्तै उपयुक्त समय मानिन्छ ।

बाघ, गैँडा हेर्न लालायित पर्यटक आजभोलि दिनभर जङ्गलमै बिताउछन् । निकुञ्जको कर्णाली तटिय क्षेत्रमा तिनकुने, बाघ मचान र किङ्गफिसर क्षेत्र बाघ अवलोकनका लागि निकै प्रसिद्ध छ । बिहान, दिउँसो र साँझपख यस क्षेत्रमा बाघ पानी पिउन र अत्यधिक गर्मीका कारण आहाल बस्न आउने गर्छन् । यी क्षेत्रमा करिब दुई सय मिटर दूरीबाट बाघ, गैँडा देख्न पाइने निकुञ्जका नेचर गाइड रामबहादुर शाहीले बताउनुभयो ।

“घुम्न आउने अधिकांश बाघ गैँडा हेरेरै फर्कने गरेका छन्,” शाहीले भन्नुभयो । पछिल्लो समयमा निकुञ्जमा बाघ र गैँडाको सङ्ख्यामा वृद्धि भएपछि पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । यस वर्ष हालसम्म स्वदेशी पर्यटक तीन हजार ७९६, सार्क मुलुकका २२९ र सार्कबाहेका अन्य मुलुकका एक हजार ५१० विदेशी पर्यटकले अवलोकन भ्रमण गरेका निकुञ्जले जनाएको छ ।

यस अवधिमा रु एक करोड ५० लाख राजस्व सङ्कलन भएको छ । पछिल्लोपटक सन् २०१६ मा गरिएको गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ८५ पुगेको छ । अघिल्लो वर्ष यहाँ बाघको सङ्ख्या ५० वटा थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप