मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन प्रवद्र्धनमा थप सहयोगका लागि चीनसँग आग्रह

बुधबार, ०६ वैशाख २०७४, २१ : १५
बुधबार, ०६ वैशाख २०७४
काठमाडौँ, वैशाख ६ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको छ । नेपाल–चीन उद्योग वाणिज्य सङ्घ र यहाँस्थित चिनियाँ राष्ट्रिय पर्यटन कार्यालयले संयुक्त रुपमा आज आयोजना गरेको ‘नेपाल र चीनबीच पर्यटन प्रवद्र्धनमा रेशममार्ग’ विषयक छलफलमा उहाँले त्यस्तो आग्रह गरिएको हो । नेपालको अपार जलस्रोतको विकासमा चीनको सहयोग हामीले अपेक्षा गरेका छौँ भन्दै उनले बन्द भएको कोदारी मार्ग शीघ्र सञ्चालनका निम्ति चीनसँग आग्रह गरे । छिमेकी मुलुकका सुरक्षा चासो नेपालले बुझेको बताउँदै कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता पनि मन्त्री गिरीले व्यक्त गरे । साथै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला भएका वाणिज्य तथा पारवहन सन्धि कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको दोहोर्ए । नेपालका लागि चीनका राजदूत यु होङले नेपालको प्राकृतिक सौन्दर्यबाट आकर्षित भएर कैयौं चिनियाँ पटक–पटक नेपाल आउने गरेका दृष्टान्त प्रस्तुत गर्दै लुम्बिनी क्षेत्र आफ्नो देशका नागरिकको प्रमुख गन्तव्य बनेको बताए । उनले चीन सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको बताउँदै त्यसमा आफूले पनि सक्दो सहयोग गरिरहेको जानकारी दिए । सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण गर्ने लाखौँलाख चिनियाँलाई नेपाल पनि पठाउने व्यवस्था मिलाउन तिब्बत सरकारका साथै केन्द्रीय सरकारसँग आग्रह गरे। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप