मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अस्तव्यस्त रहेको ठहर

आइतबार, १० वैशाख २०७४, १५ : ३३
आइतबार, १० वैशाख २०७४
काठमाडौं, बैशाख १०– संसदीय समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था अस्तव्यस्त रहेको जनाएको छ । व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समिति अन्तगतको उपसमितिले तयार पारेको प्रतिवेदनमा सुरक्षा व्यवस्था अस्तव्यस्त हुँदा विमानस्थलमा ठूलो परिमाणमा सुन तस्करी हुने गरेको अध्ययन प्रतिवेदन तयार पारेको हो । उपसमितिले आईताबार समितिलाई बुझाएको प्रतिवेदनमा विमानस्थलमा रहेका सुरक्षा, भन्सार, अध्यागमन, कार्गो सबै निकाय चुस्त नरहेको उल्लेख गरिएको छ । समितिले गत पौष २१ गते ३३ किलो सुन बाहिरिएपछि विमानस्थलको सुरक्षा व्यवस्थाका सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्न सांसद जनकराज जोशी नेतृत्वको उपसमिति बनाएको थियो । उपसमितिले स्थलगत अध्ययण गरी तयार पारेको प्रतिवेदनमा विमानस्थलमा भिजिटर पासमा समेत कडाई नभएको पाइएको उल्लेख गरिएको छ । विदेशबाट ल्याइएको शव बाकस समेत चेकजाँच हुने नगरेको पाइएको पनि प्रतिवेदनमा भनिएको छ । एकै पटक २÷३ वटा विमान ल्याण्ड भएको अवस्थामा चेकजाँच समेत हुने नगरेको, अपर्याप्त एक्स रे मेसिनको कारण चेकजाँचमा धेरै समय लाग्ने गरेको पनि प्रतिवदेनमा औंल्याइएको छ । विमानस्थल सुरक्षाका लागि पर्याप्त जनशक्तिको समेत अभाव देखिएको प्रतिवेदनमा उल्लेख गरिएको समितिकी शाखा अधिकृत सावित्रा शर्माले जानकारी दिइन् । उपसमिति तयार पारेको प्रतिवेदनमा विमानस्थलमा हुने गरेका अनियमितता रोक्न भने प्रविधिमा विशेष जोड दिनुपर्ने पनि औल्याइएको छ । समितिले प्रतिवेदनमाथि छलफल गरी आवश्यक निर्देशन सरकारलाई दिने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप