मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी बन्दैछ मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

सोमबार, ११ वैशाख २०७४, १४ : १६
सोमबार, ११ वैशाख २०७४

विजु महर्जन

काठमाडौँ – रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको तयारी धमाधम भइरहेको छ ।

यसका लागि आवश्यक रथ निर्माणको कार्य जारी छ । पुल्चोकको मुख्य सडक छेउमा दिन रात गरेर रथ तयार बनाइदै गरेको हो ।

वर्षा र सहकालको देवता मानिने ललितपुरको प्रसिद्ध जात्रा रातो मच्छिन्द्रनाथको रथलाई पाटनको गाबहल, मंगलबार, सुन्धारा, लगनखेल, हुँदै जावलाखेल पुर्‍याइन्छ । लिच्छवीकालदेखि नै यो जात्रा निरन्तर चलिरहेको छ ।

त्यसबेला देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा यो जात्रा मनाईने प्रचलन रहँदै आएको हो ।

रथ तान्न शुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा २ महिना लाग्ने गर्छ । त्यसैले यो जात्रालाई नेपालमा हुने मध्ये लामो जात्राका रुपमा पनि लिइन्छ ।

हेर्नुहोस् तस्विर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप