मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अतिक्रमणको चपेटामा बुद्ध मंगल ताल

बुधबार, १३ वैशाख २०७४, ११ : ३०
बुधबार, १३ वैशाख २०७४
परासी, बैशाख १३ – नवलपरासी जिल्लाको साविक जहदा गाविस वडा नंं ५ स्थित ७ विगाहा क्षेत्रफमा फैलिएको बुद्धमंगल तालको संरक्षमा चासो नदिइदा यसको अस्तित्व नै खतरामा परेको छ । तालको महत्व पुरातात्विक एवं ऐतिहासिक भएपनि यसको विकास र प्रद्र्धनमा जिल्लाका सम्बन्धित निकायले चाँसो नदिँदा तालको अस्तित्व जोखिममा परेको हो । संरक्षण अभावमा पछिल्लो समय ताल अतिक्रमणको चपेटामा समेत पर्दै आएको छ । बुद्ध मंगल ताल शान्तीका अग्रदुत भगवान गौतम बुद्धसंग सम्बन्धित छ । बुद्ध भगवान त्रिवेणीधाम र लुम्बिनी आवत जावत गर्ने क्रममा बुद्ध भगवानले एक रात तालमा बसोबास र तालको पानी खाएको किंवदन्ती छ । केहिवर्ष अगाडी जहदा गाविसले तालको व्यवस्थापन गरि माछापालन गर्न खोज्दा सुनको नथ्थी लगाएका माछा भेटाइएको समेत चर्चा छ । करिब १० देखि १२ विगाहा क्षेत्रमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा पर्दै अहिले ७ विगाहा ४ कठठा क्षेत्रफलमा सीमित छ । ताल संरक्षणको जिम्मा विभिन्न युवा तथा आमा समुहहरुले लिएपनि भने यसको संरक्षण र प्रवद्र्धनमा खासै परिवर्तन ल्याउन सकेका छैनन् । ताललाई विकास प्रवद्र्धन गरि विभिन्न आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउने वातावरणको श्रृजना हुन आवश्यक रहेको स्थानीय नारायण प्रसाद भटराईले बताए । नेपाल पुर्नवास कम्पनी लगायतका व्यक्तिहरुले तालको क्षेत्रफललाई अतिक्रमण गरेर बस्ती बसालेको स्थानीयले आरोप लगाएका छन् । सुनको नथ्थी लगाएका माछा पाईने मंगलपोखरी तालको नामबाट चिनिने तालको विक्रम सम्बत २०५० सालमा बुद्धमंगल ताल भनेर नामाकरण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप