मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बैसठी हजार पर्यटक इलाम पसे

बिहीबार, १४ वैशाख २०७४, ०८ : ५२
बिहीबार, १४ वैशाख २०७४
इलाम, १४ वैशाख - चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३-७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए । जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेको तथ्याङ्क रहेको छ । जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिए । इलाम आउनेमध्ये ४० प्रतिशत पर्यटक भ्रमणका लागि र विभिन्न विषयवस्तु अवलोकन गर्न आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप