मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

आइतबार, १७ वैशाख २०७४, २० : १६
आइतबार, १७ वैशाख २०७४
सोलुुखुम्बु, वैशाख १७ – सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ । सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उद्धारकर्ताको टोलीले उनको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी पठाइएको छ । विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए । यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ । हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप