मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

किन भयो फेरि आइओएममा तालाबन्दी

मङ्गलबार, १९ वैशाख २०७४, २० : ०१
मङ्गलबार, १९ वैशाख २०७४
काठमाडौँ, वैशाख १९ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा चिकित्सा शिक्षाको विशेषज्ञ तह (पोस्ट ग्राजुएट पिजी) कोटामा व्यवस्था भएको आरक्षण कोटा हटाउन माग गर्दै डिन, आर्थिक प्रशासन र क्याम्पस प्रमुखको कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । आइओएमका स्वतन्त्र विद्यार्थी युनियनले पिजी कोटामा आरक्षण दिँदा त्यसको दुरुपयोग भएकाले आरक्षण कोटा हटाउन माग गर्दै तालाबन्दी गरेको जनाएको छ । आइओएम स्ववियुका अध्यक्ष मिलन गैरेले भने, ‘‘पिजी अध्ययन गर्नु भनेको विशेषज्ञ तह हो । एमविविएस पढेका कोही पनि विपन्न वा आर्थिक हैसियत कम भएका हुँदैनन्, आरक्षणका नाममा हुनेखानेका छोराछोरीले नै अवसर लिने भएकाले जसका लागि लक्षित गरिएको हो, उसले त पाएकै छैनन्, त्यसैले आरक्षण हटाउनुपर्छ ।’ चिकित्सा क्षेत्रमा विशेषज्ञ तह सम्वेदनशील हुने भएकाले योग्य व्यक्तिलाई मात्र छान्नुपर्ने हुन्छ । आफ्नो माग सुनुवाई नभए कडा आन्दोलनमा जानेसमेत युनियनले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप