खान जाने होइन चिनियाँ खाना ? (फोटो)
बुधबार, ०२ फागुन २०७४, १० : २८
काठमाडौँ— चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिबलको अवसरमा होटल हायात रेजेन्सीले खानाका पारखीहरुको लागी एक हप्ता लामो चाइनिज फुड फेस्टिबल सञ्चालन गर्ने भएको छ ।
विभिन्न चिनियाँ खानाहरुको स्वाद लिई तपाई आफ्नो फेब्रुअरी महिनालाई यादगार बनाउन सक्नुहुन्छ ।
होटल हायातको दि क्याफे रेष्टुरेन्टमा फुड फेस्टिबल यही आउँदो १६ देखि २३ फेबु्रअरी साँझको ६ बजे देखि १२ बजे सम्म रहने छ ।
यो फुड फेस्टिबल हायातले विगत ३ वर्ष देखि लगातार आयोजना गर्दे आएको छ ।
यस फेस्टिबलमार्फत नेपालका स्थानीय समुदायले अन्तर्राष्ट्रिय खानाको अनुभव लिने मौका पाँउछन् ।