मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूर्वी नाकाबाट पर्यटक आगमनमा वृद्धि

बुधबार, २७ वैशाख २०७४, १४ : ०६
बुधबार, २७ वैशाख २०७४

बनियानी (झापा), २७ वैशाख । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।

गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ । गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्दै कार्यालय प्रमुख गणेशप्रसाद तिम्सिनाले विनाशकारी भूकम्प गएपछि क्रमशः पर्यटकको आगमन घटदै गएकामा त्यसमा क्रमिक सुधार हुँदै आएको जानकारी दिए । सन् २०१६ मा काँकरभिट्टा नाका हुँदै ६ हजार दुई सय पाँचजना पर्यटक भित्रिएका थिए । जसमा सबैैभन्दा बढी दुई हजार चारसय बङ्गाली, ७३१ अमेरिकी र विभिन्न मुलुकका दुई हजार ८७४ पर्यटक थिए । तुलनात्मक रुपमा हेर्ने हो भने गत वर्षभन्दा यसवर्ष यो नाकाबाट पर्यटक आगमनमा ५० प्रतिशत वृद्धि हुने देखिन्छ । त्यस्तै, पर्यटन कार्यालयमा हालसम्म २० वटा होमस्टे दर्ता भएकामा इलाममा १०, झापामा एक, मोरङमा एक, सुनसरीमा तीन, धनकुटामा एक र सङ्खुवासभामा चारवटा होमस्टे रहेको कार्यालयको तथ्यङ्कमा उल्लेख छ । यसैगरी ७४ वटा ट्राभल्स एजेन्सी र २३ वटा होटल दर्ता रहेको कार्यालयका अभयकुमार गुप्ताले जानकारी दिनुभयो ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप