मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बज्रबाराहीको आमा टिष्टुङ बज्रबाराहीको जात्रा (फोटोफिचर)

शनिबार, ३० वैशाख २०७४, १६ : २१
शनिबार, ३० वैशाख २०७४

विजु महर्जन

काठमाडौँ, वैशाख ३० – प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख पुर्णिमापछि बज्रबाराहीको जात्रा सुरु हुन्छ ।

यो जात्रा तीन दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङमा बज्रबाराही अवस्थित पिठमा राख्ने गरिन्छ ।

यसको भोलिपल्ट जात्राकै मुख्य दिन प्रत्येक गाँउ गाँउको घरघरबाट बलीसहित पूजा ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाँउबाट ल्याइएका देवताहरु तेस्रो दिन र्फकाइन्छ ।

उपत्यकालाई रक्षा गर्ने चार बाराही मध्ये एक ललितपुरस्थित बज्रबाराहीको मन्दिर ने.सं ७८६ मा निवास मल्लले बनाउन लगाएका हुन् ।

टिष्टुङमा बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ अर्थात टिष्टुङमा बज्रबाराही सबैभन्दा पुरानो हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप