मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लाक्पा शेर्पा आठौं पटक सगरमाथाको चुचुरोमा

शनिबार, ३० वैशाख २०७४, २१ : ००
शनिबार, ३० वैशाख २०७४
काठमाडौं, वैशाख ३०– विश्व कीर्तिमानी लाक्पा शेर्पाले आठौं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् । शेर्पाले विश्वकै सर्वोच्च शिखरमा धेरै पटक पुग्ने आफ्नै विश्व कीर्तिमान ‘तोडेकी’ छिन्। ४४ वर्षीया शेर्पाले शनिबार बिहान तिब्बतपट्टिको मोहडाबाट सगरमाथामा पाइला टेकेकी हुन् । उनी शनिवार बिहान ६ बजेर ३५ मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेकी हुन् । सन् २००० मा उनले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् । तीन सन्तानकी आमा लाक्पा शेर्पा हाल अमेरिकामा बस्दै आएकी छिन् । अमेरिकामा बस्दै आएका रोमानियाली एक पर्वतारोहीसँग विवाह भएपछि लाक्पा अमेरिकामा बस्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप