मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश नं. ६ : सुर्खेतमा यसरी गरियो पहिलो प्रादेशिक ब्यापार मेला (फोटो फिचर)

बिहीबार, ०३ फागुन २०७४, ११ : १५
बिहीबार, ०३ फागुन २०७४

वीरेन्द्रनगरमा गत माघ २६ गते देखि सुरु भएको प्रादेशिक व्यापारिक मेला जारी छ । प्रदेशस्तरीय औद्योगिक, ब्यापार, पर्यटन तथा कृषि महोत्सव फागुन ८ गतेसम्म जारी रहने  जनाइएको छ । यो महोत्सवमा १५ करोड हाराहारीमा ब्यापारिक कारोबार हुने आयोजकले अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक पदमबहादुर शाहीले बताए । उनले  तीन लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको बताए । 

प्रदेश उद्योग वाणिज्य सङ्घको आयोजनामा वीरेन्द्रनगरको घण्टाघरको खुल्ला मञ्चमा भइरहेको महोत्सवमा झन्डै चार सय स्टल राखिएका छन् । महोत्सवमा स्थानीयस्तरमा उत्पादित सामाग्री देखि स्वदेशी तथा विदेशी उत्पादनका सामग्रीहरू राखिएका छन् । नेपाल, भारत, पाकिस्तान लगायतका देशका स्टल राखिएको छ ।  महोत्सवमा स्थानीय स्तरमा उत्पादित जडीबुटी चिया, मह, सिस्नो, अल्लोलगायतका सामग्री राखिएका छन् । मेलामा अवलोकनका लागि ५० रुपियाँको टिकटको व्यवस्था गरिएको छ ।

देश सङ्घीय संरचनामा गएपछि पहिलो पटक प्रादेशिक महोत्सव गरिएको आयोजकले भनाइ छ । गत माघ २६ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गरेका थिए । 

प्रदेशका १० जिल्लाका  उद्योग वाणिज्य सङ्घहरू महोत्सवमा आबद्ध छन् ।  महोत्सवमा फ्री वाइफाई, मनोरञ्जन स्थल, बालबालिकाका लागि खेल्ने समाग्री, रोटेपिङ, सर्कसलगायतका मनोरञ्जनको व्यवस्था गरिएको छ । 

यसका साथै मेलामा मनोरञ्जनका लागि चर्चित कलाकारहरूले पनि आफ्नो प्रस्तुति देखाइरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप