मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीको शान्ति दीप सगरमाथामा (हेर्नुसः तस्वीर सहित)

सोमबार, ०१ जेठ २०७४, १९ : ०४
सोमबार, ०१ जेठ २०७४
राधेश्याम विश्वकर्मा भैरहवा, जेठ १ – लुम्बिनीको शान्ती द्धिपको प्रकाशसंगै तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनको शुरुवात भएको छ ।बिश्वकै कान्छा म्याराथन धावक भारत कालिंगाका बुधिया सिंह, नेपाली धावक बैकुण्ठ मानान्धर, सिक्किमका धावक अमर सुब्बा लगायतले लुम्बिनीको शान्तीदिपबाट म्याराथुन लाईट बालेर कार्यक्रमको शुभारम्भ गरेका हुन । लुम्बिनी–सागारमाथा म्याराथन समेत नामाकरण गरिएको यस म्याराथनमा अन्तराष्ट्रिय धावकहरुको समेत सहभागीता रहेकोले अहिलेको कार्यक्रमले लुम्बिनीलाई अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन थप सहयोग पुग्ने आयोजक बिक्रम पाण्डेले बताए । मायादेवी सुत्केरी मार्गमा पर्ने लुम्बिनीबाट शुरु र्भको दौडा कपिलबस्तुको दोहनी, कुदान, गोटिहवा, निग्लिहवा हुदै बिश्वको सर्वोच्च शिखर सागरमाथामा गएर समपन्न हुने पाढडेले जानकारी दिए । प्रसिद्ध भारतीय धावक बुधिया सिंह पनि कार्यक्रममा सहभागीता रहेकोले लुम्बिनी र सागारमाथामा भारतीय पर्यटक आगमनमा वृद्धि हुने आयोजक पाण्डेको भनाई छ । लुम्बिनीमा शुरु भएको कार्यक्रममा भारत नालान्दा विश्वविद्यालयका डाक्टर रविन्द्र पन्त, स्थानिय धावक शाह बानु खान, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्र मुनि शाक्य, बिभिन्न गुम्बाका भन्तेहरुले बिदाई गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप