मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

समाचार प्रभाव : प्रदेश प्रमुख खनालको कार्यकक्षबाट अचानक २ तस्बिर गायव (फोटो/भिडियो)

शुक्रबार, ०४ फागुन २०७४, १० : ४९
शुक्रबार, ०४ फागुन २०७४

सुर्खेत । प्रदेश नम्बर ६ का प्रमुख दुर्गाकेशर खनालको कार्यकक्षबाट दुईवटा तस्बिर गायव भएका छन् । रातोपाटीमा बिहीबार समाचार प्रकाशित भएपछि ती तस्बिर एकाएक हराएका हुन् । प्रदेश प्रमुख खनालको कार्यकक्षमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र प्रमुख खनालको तस्बिर सँगै मिलाएर राखिएको थियो ।

उक्त तस्बिरबारे हामीले भद्रगोल प्रदेश प्रमुखको कार्यालय, कार्यकक्षमा पूर्वराष्ट्रपति यादव शीर्षकमा समाचार प्रकाशन गरेको केही घण्टापछि उक्त तस्बिर हटाइएको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । प्रमुख खनालको कुर्सीमाथि अहिले कुनै पनि तस्बिर राखिएको छैन । उनको तस्बिरसमेत त्यहाँबाट झिकिएको छ । 

हेर्नुहोस् दुई तस्बिर 


प्रमुख खनाल बाहिर भएको बेला उनको कार्यकक्ष अवलोकनका क्रममा पूर्वराष्ट्रपति यादवको फोटो फेला परेको थियो । साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नियुक्तिको समयमा कार्यकक्षबाट दुईवटै तस्बिर झिकिएको थियो । कुनै पनि सरकारी अधिकारीले आफ्नो कार्यकक्षमा वर्तमान राष्ट्राध्यक्षको तस्बिर राख्ने प्रचलन छ । झन्डै १ महिनादेखि सञ्चालनमा आएको प्रदेश प्रमुख खनालको कार्यालयमा भने आफ्नो फोटोसँगै पूर्वराष्ट्रपति यादवको फोटो राखिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप