सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘मिस्टर राइट भेटेकी छैन’

शुक्रबार, ०४ फागुन २०७४, १३ : ४९
शुक्रबार, ०४ फागुन २०७४

अघिल्लो साताबाट प्रदर्शनमा आएको चलचित्र ‘कृ’की हिरोइन् हुन् अदिती बुढाथोकी । युवास्टार अनमोल केसीसँग अभिनयमा डेब्यु गर्ने अवसर पाएकी अदीतिले पहिलो चलचित्रबाटै राम्रो चर्चा पाउन सफल भइन् । व्यवसयीक सफलता पनि हात पर्न सक्छ किनभने चलचित्रले अहिले पनि राम्रो व्यवसाय गरिरहेको छ । 

भारतीय मोडलिङ नगरीबाट नेपाली चलचित्रमा भित्रिएकी अदिती छिट्टै तेलगु चलचित्रमा समेत देखिँदै छिन् । यसको जानकारी केही पहिले एक कार्यक्रमको आयोजना गरेर दिएकी हुन् ।
‘कृ’ भन्दा पहिले बलिउडका केही सट चलचित्र र म्युजिक भिडियोमा समेत काम गरेकी अदिती ‘इन्सटाग्रामकी क्वीन’ पनि हुन् । उनले इन्सटाग्राममा सार्वजनिक गर्ने हट तस्विरका कारणले भारतीय मिडियामा

समेत बेला बेलामा उनी हट केक बन्ने गरेकी छन् । यी नै अभिनेत्री अदितीसँग रातोपाटीको दश प्रश्न ।
 
‘कृ’भर्खर प्रदर्शनमा आएको छ । प्रतिक्रिया राम्रो नराम्रो कस्तो पाउनु भयो ?
– सोचेभन्दा राम्रो प्रतिक्रिया पाएकी छु । दर्शकले मेरो अभिनय मन पराइदिनुभयो । यसले अगाडि बढ्न हौसला मिलेको छ । अभिनयको बिषयमा दर्शकले दिनु भएको सुझावलाई मनन गर्नेछु । 

बलिउड नगरीबाट नेपाली चलचित्रमा फड्को मार्नु भयो । अबको पाइला कता तिर मोडिन्छ ?
– यसै हुन्छ भनेर सोच्न सकेको छैन । राम्रो चलचित्र पाए यतै पनि रमाउन सक्छु । हैन भने बलिउड छँदै छ नि ।

राम्रो प्रोजेटको मापन कसरी गर्ने ?
–स्क्रिप्टबाट चलचिको मापन गर्न सकिन्छ । स्क्रिप्टमा राम्रो चरित्र भएको, कथा मिलेको र राम्रो ब्यानरको मात्र चलचित्र गर्छु । 

तपाईंको सौन्दर्यको नेपालमात्र नभएर भारतमा पनि उत्तिकै चर्चा छ । सौन्दर्यतिर कतिको ध्यान दिने गर्नुभएको छ ?
–सौदर्यको लागि पार्लर धाइरहने खालकी केटी होइन म । सौदर्यको लागि हेल्र्दी खानेकुरा खाने, ओर्क आउट गर्ने, फलफुल खाने तिर ध्यान दिने गर्दछु । मेकअप प्रयोग गरेर मात्र राम्रो भइन्छ भन्ने मेरो धारणा छैन । मेरो अनिवार्य मेकअप भनेको लिपिस्टिक मात्र हो ।

फिटनेशप्रति कति सजग हुनुहुन्छ ?
– फिटनेशका लागि योगा नियमित गर्ने गरेकी छु । जिम पनि कहिले काही जान्छु । 

मन पर्ने पहिरन पनि त होला नि ?
वान पिस धेरै मनपर्छ । मेरो सुनदरता पनि यही पहिरनमा खुल्छ जस्तो लाग्छ । 

कस्तो पुरुष आकर्षक लाग्छ ?
–अलि अग्लो, हेल्दी केटा राम्रो लाग्छ । धेरै एक्सरसाइज गरेर ज्यान बनाएको मन पर्दैन । अर्काे योग्यता इनोसेन्ट लुक, धेरै गफ नगर्ने, शान्त स्वभाव पनि हो । 

प्रेममा हुनुहन्छ ?
– छैन । आफ्ना लागि मिस्टर राइट भेटेकी छैन । तर साथीहरु, परिवारसँगको प्रेममा छु ।

फुर्सदको समय कसरी बित्छ ?
– किताब पढ्छु । कथाहरु पढ्छु । चलचित्रहरु हेर्ने गरेकी छु । 

रोजेको ब्यक्तिसँग डेट जाने अफर दियो भने ?
–अवसर मिल्यो भने बलिउड अभिनेता राणवीर कपुरसँग जान चाहान्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप