मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सिँगापुरकी पर्यटक खुम्जुङ यात्रामा लेक लागेर मृत्यु

शुक्रबार, १२ जेठ २०७४, १९ : ३४
शुक्रबार, १२ जेठ २०७४
सल्लेरी (सोलुखुम्बु), जेठ – खुम्जुङको लबुजेमा सिङ्गापुरकी एमी ओङ कुम्लिङको आज लेक लागेर मृत्यु भएको छ । सिङ्गापुरकी ४६ वर्षीया कुम्लिङको आज बिहान होटलमा बसेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनी म्याराथुनमा सहभागी हुन लबुजे पुगेको थियो । मे २९ तारिख अर्थात् सगरमाथा दिवसका अवसरमा आयोजना हुने म्याराथुन प्रतियोगितामा सहभागी हुनका लागि उनी बिहीबार पुगेको थियो । शव परीक्षणका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । लडेर मृत्यु सोलुदूधकुण्ड नगरपालिका–३ सालबेँसी निवासी ८३ वर्षीया रिन्जी फुर्वा शेर्पाको वृद्ध भत्ता लिन सदरमुकाम सल्लेरी आउने क्रममा आज बिहान बेनीस्थित माछापोखरी नजिकैको खोल्सामा लडेर मृत्यु छ । शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । चट्याङबाट चार घाइते आज बिहान पानीसँगै चट्याङ लागेर दूधकौसीका गाउँपालिका–७ देउसामा चार जना घाइते भएका छन् । बिहान करिब ९ बजे चट्याङ लागेर देउसाका ४५ वर्षीया लक्ष्मी खड्का गम्भीर घाइते हुनुभएको प्रत्यक्षदर्शी हर्कबहादुर खत्रीले जानकारी दिनुभयो । सुम्बु खोला लघुजलविद्युत् प्रणालीको मुख्य लाइनमा चट्याङ पर्दा करिब ३५ वर्षीया सम्झना खत्री, दुई वर्षीया गोमा खत्री र ३१ वर्षीया मिठुमाया बस्नेतसमेत घाइते भएका छन् । सोही चट्याङका कारण रमेशकुमार बस्नेत, सोमबहादुर बस्नेत र कमलबहादुर बस्नेतको घरमा राखिएको मिटर बक्स र तारसमेत जलेर नष्ट भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप