हुण्डाईको एसयुभी कोना कोरियामा सार्वजनिक
आइतबार, १८ असार २०७४, १६ : ०५
काठमाडौं – मोटर्स उत्पादन कम्पनी हुण्डाईले आफ्नो नयाँ एसयुभी कोना कार दक्षिण कोरियामा सार्वजनिक गरेको छ । यो कार दक्षिण कोरियापछि उत्तर अमेरिका र यरोपमा विक्रि गर्ने कम्पनीले जनाएको छ ।
यो कार आगामी सेप्टेम्वरमा अष्ट्रलियामा सार्वजनिक हुने जनाइएको छ । यो कारको लुक्स क्रसओभरको जस्तै रहेको र वाहिरी भागमा एलईडी हेडल्याम्पका साथै डे टाइम रनिङ लाइट रहेको जनाइएको छ ।
हुण्डाई कोना एक लिटर र १.४ लिटर टर्बोचार्जड पोट्रोल र १.६ लिटर डिजेल इन्जिनमा उपलव्ध रहेका जनाइएको छ ।