आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

सोमबार, १८ पुस २०७९, ११ : १५
सोमबार, १८ पुस २०७९

सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य र १ हजार ४ सय रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आजपनि सोही मूल्य कायम भएको हो । 
यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै आज पनि प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले वृद्धि भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप