सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेले जिल्ला सुरक्षा समितिसँग मागे ‘सेवाप्रवाह सुधार कार्ययोजना’

सोमबार, १८ पुस २०७९, १२ : ०१
सोमबार, १८ पुस २०७९

काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखहरुसँग सेवाप्रवाह सुधार कार्ययोजना मागेका छन् । 

गृह मन्त्रालयका सह–सचिव डा.भिष्मकुमार भुषालका अनुसार जिल्ला सुरक्षा समितिसँग गृहमन्त्रीले १५ दिनभित्र सेवा प्रवाह सुधार कार्ययोजना पठाउन आग्रह गरेका हुन् । आन्तरिक व्यवस्थापन बाट गर्न सकिने तथा मन्त्रालयको निर्णयबाट सहजिकरण गरेर सुधार गर्न सकिने सुधार एवं प्रकृयाबारे मन्त्रालयमा लेखेर पठाउन उनले प्रमुख जिल्ल अधिकारीहरुलाई आग्रह गरेका छन् । सोमबार लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका थिए । 

सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालसँग सम्बन्धीत समस्याहरुका बारेमा सोमबार साँझसम्म लेखेर पठाउन मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप