एटिएम मेशिन फुटाउन खोजेको आरोपमा युवक पक्राउ
सोमबार, १८ पुस २०७९, १३ : ३०
बैंकको एटिएम मेशिन फोड्न खोजेको आरोपमा प्रहरीले काठमाडौंको चन्द्रािगरीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका २८ वर्षीय प्रकाश मगर छन् ।
चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउन लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आरोपी चन्द्रागिरी नगरपालिका–७ स्थित चेकपोष्टमा बस्दै आएका छन् । स्क्रु प्रयोग गरेर एटिएम चोरी गर्न खोजेको प्रहरीको आरोप छ । घटनाबारे प्रहरी वृत थानकोटले अनुसन्धान गरिरहेको छ ।