सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साझा हिउँदे पुस्तक प्रदर्शनी सुरु

सोमबार, १८ पुस २०७९, १५ : २९
सोमबार, १८ पुस २०७९

काठमाडौं । साझा प्रकाशनले हिउँदको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ । साझाले आफ्नो केन्द्रीय कार्यालय ललितपुरको पुलचोक र अफ्ना सम्पूर्ण बिक्रीकक्षहरूमा पुस १७ गतेदेखि प्रदर्शनी थालेको हो । विद्यालय, विश्वविद्यालयको हिउँदे बिदामा बस्ने विद्यार्थीहरूलाई ध्यानमा राखी प्रदर्शनी स्थलसम्म आई पुस्तक खरिद गर्न सजिलो होस् भनेर सो प्रदर्शनीको आयोजना गरेको साझा प्रकाशनले जनाएको छ । 

उक्त प्रदर्शनीमा ३ देखि २८ सय रुपैयाँसम्मका पुस्तक राखिएका छन् । प्रदर्शनी स्थलमा २५ देखि ८० प्रतिशत छुटमा पाइने व्यवस्था साझा प्रकाशनले गरेको छ । सो प्रदर्शनीमा  नेपाल प्रज्ञा प्रतिष्ठान, सिनासलगायत व्यक्तिगत प्रकाशनका पुस्तकहरू पनि प्रदर्शनीमा राखिएको साझाले जनाएको छ । यो प्रदर्शनी पुस ३० गतेसम्म रहनेछ ।                                                                                                                  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप