मापदण्डभन्दा धूवाँ फाल्ने २२ ओटा सवारी साधन कारबाहीमा
सोमबार, १८ पुस २०७९, १९ : ४२
काठमाडौँ । काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्डभन्दा बढी धूवाँ फाल्ने २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । मापदण्डभन्दा बढी धूवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङ्ग्रे सवारी साधनका चालक कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारबाहीमा परेको प्रवक्ता भट्टले बताए ।