आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उमा खुला राष्ट्रिय कराते मंगलबारदेखि

सोमबार, १८ पुस २०७९, २० : ०९
सोमबार, १८ पुस २०७९

काठमाडौँ। नेपाल गोजुकाई कराते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिपको दोस्रो संस्करण मंगलबारदेखि सुरु हुने भएको छ । वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा) बाट मान्यता प्राप्त गोजुकाई करातेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार १९ र २० पुसमा दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिए ।

स्मार्ट पार्टी प्यालेस चाबहिलको हलमा सञ्चालन हुने प्रतियोगितामा देशभरका जिल्ला र डोजाङहरुबाट २५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा संघले गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ ८–८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप