सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

मङ्गलबार, १९ पुस २०७९, ०६ : ०५
मङ्गलबार, १९ पुस २०७९

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको  छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना  छ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका   भू-भागमा  हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप