सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु

मङ्गलबार, १९ पुस २०७९, ०६ : ५६
मङ्गलबार, १९ पुस २०७९

क्विन्सल्यान्ड । अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको थियो ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवाहक निरीक्षक ग्यारी वोरिलले भने । त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टरका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्धार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई ब्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप