सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको झन्डै साढे चार लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

मङ्गलबार, १९ पुस २०७९, ०९ : २९
मङ्गलबार, १९ पुस २०७९

रौतहटको सदरमुकाम गौर स्थित  भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त  टोलीले झन्डै साढे चार लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।  

गौर भन्सार  अगाडि चेकिङ गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथ बाट चार लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो।  भारत विहार  मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडि सवार वर्ष ३२ को सञ्जीव कुमार तिवारीलाई चेकजाँच गर्दा आजाद कुमार मालाकारको साथबाट क्रमशः दुई लाख पैँतालीस हजार र दुई लाख चार हजार पाँच सय बरामद भएको थियो ।  

श्रोत नखुलेको भारतीय चार लाख उन्नपचास हजार पाँच सय तथा  मोटरसाइकल समेत नियन्त्रणमा लिई पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप