सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुवै हात गुमाएकी रुपाले जितिन प्रदर्शनी आइडल

मङ्गलबार, १९ पुस २०७९, १० : २८
मङ्गलबार, १९ पुस २०७९

रुपन्देही । करेन्ट लागेर सानैमा दुवै हात गुमाएकी कपिलवस्तुकी रुपा रौतारले बुटवलमा आयोजित प्रदर्शनी आइडलको उपाधि जितेकी छन् । गायनमा प्रदर्शनी आइडल बनेकी रुपाले एक लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार हात पारिन् ।

आधुनिक गायन प्रतियोगिता प्रदर्शनी आइडलको उपाधि जितेकी रुपा बुटवलको कालिका मानव ज्ञान माविकी विद्यार्थी हुन् । ३४ जना प्रतिस्पर्धीहरूमध्येबाट २४ जना हुँदै भोटिङ राउन्डमा पुगेका १२ जनाबाट गायकी र दर्शक भोटका आधारमा रौतारले उपाधि जितेकी हुन् । रौतार कालिका मानव ज्ञान माविमा कक्षा १२ मा मानविकी सङ्कायमा अध्ययनरत छात्रा हुन् । 

घरमा करेन्ट लागेर रुपाले सानै उमेरमा एउटा हात गुमाएकी छन् । कपिलवस्तु स्थायी घर भएकी रुपा २०६२ सालको भदौमा स्कुलबाट साथीको घरमा गएका बेला घरको माथिल्लो तल्लामा करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिइन् । 

उनलाई बुटवलको बागेश्वरी संगीतालयका सञ्चालक सुरेश सेन्चुरीले निःशुल्क गायन कक्षामा भर्ना गरेर सिकाएका थिए । सोमबार भएको फाइनल प्रतिस्पर्धामा प्रदर्शनी आइडल सिजन ६ को उपाधि जित्दै रुपाले १ लाख ११ हजार १ सय ११ सहित विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छन् । 

आइडलको उपविजेता अञ्जली विश्वकर्माले प्राप्त गरेकी छन् । उनले ५५ हजार ५ सय ५५ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले रु। ३३ हजार ३ सय ३३ पुरस्कार प्राप्त गरेको आयोजक संस्था रुपन्देही उद्योग संघका नेत्र रुचालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप