आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पारिश्रमिक दिने सहमति भएपछि ९ ओभरको खेल हुने

मङ्गलबार, १९ पुस २०७९, १० : ५५
मङ्गलबार, १९ पुस २०७९

नेपाल टी–ट्वान्टी लिग अन्तर्गत काठमाडौं नाइट्स र विराटनगर किङ्सबीचको खेल सुरु भएको छ ।  दुबै टोलीका खेलाडीहरुले पारिश्रमिक नपाएको विषयमा कुरा उठाएपछि खेल उद्घाटन नहुँदै रोकिन पुगेको थियो । 

खेलाडी, टिम मालिक र आयोजकबीच आज साँझसम्म पारिश्रमिक दिने  सहमति भएपनि खेल ९ ओभरको हुने भएको छ । 

काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।  खेल स्थगित भएसँगै नेपाल टी–ट्वान्टी लिगका कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप