आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ १ लाख २ हजार ६ सय रुपैयाँ पुग्यो, चाँदीको कति ?

मङ्गलबार, १९ पुस २०७९, १२ : ०९
मङ्गलबार, १९ पुस २०७९

काठमाडौँ ।  नेपाली बजारमा मंगलबार सुनको भाउ वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा नै ९ सय रुपैयाँले बढ्दै १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो । जुन गत ८ महिना यताकै उच्च मूल्य हो ।

गत वैशाख ५ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत सोही दरमा बढेर आज प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले मात्रै बढ्दै १ हजार ४१० रुपैयाँ पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप