सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

मङ्गलबार, १९ पुस २०७९, २१ : ५६
मङ्गलबार, १९ पुस २०७९

झापा । झापामा प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका झापाको अर्जुनधारा नगरपालिका ७ बस्ने २३ वर्षीय बामदेव मिश्रको साथबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

३ ग्राम ५०० मिलि ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप