आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पट फिक्सिङबारे छानबिन गर्न पूर्व कप्तान पारसको माग

बुधबार, २० पुस २०७९, ०८ : ४१
बुधबार, २० पुस २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

क्यानले नै आयोजना गरेको प्रतियोगितामा स्पट फिक्सिङ भइरहेको सुन्दा दुःख लागेको बताउँदै उनले तत्काल छानबिन गर्न माग गरेका छन् ।

काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा मंगलबार कमेन्टेटर सचिन तिमिल्सेना र काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले स्पट फिक्सिङको विषयमा कुरा उठाएका थिए ।

‘नेपाली क्रिकेटले विभिन्न अध्याय, सङ्घर्ष र खुड्किलाहरू पर गर्दै राम्रो स्वरूप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचडावकै बीच नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ,’ पारसले थपे, ‘खेलाडीहरूको वर्षौँ देखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले । क्रिकेटसँग सम्बन्धित  सबैलाई चोट पुर्‍याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस् ।’

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा काठमाडौंमा जारी प्रतियोगितामा म्याच फिक्सिङका घटनाहरु बाहिर आएका छन् । फिक्सिङको विषयमा छानबिन गर्न गृह मन्त्रालयले नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप