आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भालुको आक्रमणबाट अर्घाखाँचीमा एकजनाको मृत्यु

बुधबार, २० पुस २०७९, ११ : ५६
बुधबार, २० पुस २०७९

अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगामा भालुले आक्रमण गर्दा शितगंगा नगरपालिका–२, झिर्रा ओखारी निवासी ७९ वर्षीय रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई बुधबार बिहान ७ बजेको समयमा ओखारीको जंगलमा भालुले आक्रमण गरेको थियो । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप