आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्डलाई विश्वासको मत दिन माधव नेपाल सकारात्मक

बुधबार, २० पुस २०७९, १५ : २८
बुधबार, २० पुस २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् । 

बुधबार प्रधानमन्त्री ‘प्रचण्ड’ र नेता नेपालबीचको भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए ।  प्रचण्डसँगको भेटवार्तापछि अध्यक्ष नेपालले भने,‘ उहाँ (प्रचण्ड) ले विश्वासको मत दिन आग्रह गर्नुभयो । मैले हामी यसबारेमा पार्टीमा छलफल गर्छौ भन्ने जवाफ दिएँ ।’

भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी नभएको नेता नेपालको भनाइ छ । ‘यसबारे कुनै कुराकानी भएन, खाली विश्वासको मतका बारेमा मात्रै कुरा भयो’, अध्यक्ष नेपालले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप